काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला दान गर्ने समिक्षा संग्रोला बुधवार डिस्चार्ज भएकी छिन।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले उनी डिस्चार्ज भएकी जानकारी दिएका हुन ।
यस अघि उनले प्रधानमन्त्री ओलीलाई भेटेपछि प्रधानमन्त्री ओलीले आफूलाई मिर्गौला दान गरेकोमा धन्यवाद दिएका थिए ।
गत बुधबार समीक्षाको एउटा मिर्गौला निकालेर प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरिएको थियो ।
चिकित्सकहरुले प्रम ओली सामन्य अवस्थामा आउन अझै ६ महिना लाग्ने बताएका छन ।
Categorized in राष्ट्रिय