७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

नेपालमा कोरोनाको समस्या आए चीनले सघाउनेः राजदूत यान्छी


प्रकाशित: मंगलवार, २७ फागुन २०७६, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा कारोना भाईरसको कारण समस्या आए चीनले सहयोग गर्ने ेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बताएकी छिन ।


राजदूत यान्छी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई विच मंगलवार भएको भेटवार्तामा कोरोना नियन्त्रणको लागि चीनले पूर्ण सहयोग गर्ने आश्वसन दिएकी हुन । 


नेपालमा कोरोनाभाइरसको सङ्क्रमण नफैलिने राजदूत यान्छीले विश्वास व्यक्त गर्दै चीनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको लागि अपनाएका सबै खालका सहयोग र सूचना उपलब्ध गराउन तयार रहेको बताईन । 


भेटमा राजदूत यान्छीले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि चीनले गरीरहेको प्रयासबारे जानकारी गराएकी थिइन । राजदूत यान्छीले कोरोनाभाइरसको सङ्क्रमणबाट पिडित भएका करिब ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको बताइन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex