काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलवार एक सुचना जारी प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आव्हान गरेको छ ।
महानगरले आगामी चैत्र मसान्तसम्म १८ बर्षदेखि ५९ उमेर समूहका बेरोजगार व्यक्तिहरुले स्थानीय तहको सम्बन्धी वडामा गएर बेरोजगार व्यक्तिको सुचिमा सुचिकृत हुन निवेदन दिन आग्रह गरेको छ ।
एक सय दिन बरावरको न्यूनतम रोजगार कार्यक्रममा सुचिकृत व्यक्तिहरुलाई विकास निर्माणको काममा सहभागी गराईने महानगरपालिकाले जनाएको छ ।
रोजगार कार्यक्रममा संलग्न हुने व्यक्तिले नागरिकता प्रतिलिपी, शैक्षिक योग्यताको प्रतिलिपी तथा कामको अनुभव भएको प्रमाणित प्रतिलिपी, अशक्त भए सो परिचयपत्रको प्रतिलिपी र पासपोर्ट साईजको एकप्रति फोटो चाहिने छ ।
Categorized in स्थानिय