काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा २ जना नेपालीमा कोरोना संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये चार जना यूएईका छन भने दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक रहेको मन्त्रालयले जनाएको छ ।
दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको यूएई स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको समाचार अनलाईनखवरमा प्रकाशित छ ।
यूएईमा संक्रमितको संख्या ५९ पुगेको बताईएको छ ।
Categorized in अन्तर्राष्ट्रिय