काठमाडौं । ललितपुर महानगरपालिकाले आफै मास्क उत्पादन गर्ने भएको छ ।
महानगरले आईतबार एक विज्ञप्ती जारी गरी मास्क उत्पादन गरेको जनाएको छ । कोरोनाभाइरस तथा रुघाखोकी सर्नबाट सुरक्षित हुने भएकोले महानगरले मास्क उत्पादन गर्न लागेको विज्ञप्तीमा उल्लेख छ ।
महानगरको सामाजिक विकास समिति तथा विपद् व्यवस्थापन समितिको निर्णय अनुसार मौसमी रूघाखोकी लागेका व्यक्तिले मास्क प्रयोग गर्दा आफू र अरु सुरक्षित हुने भएकाले मास्क उत्पादन गर्न सुरू गरेको जनाएको छ ।
साथै महानगरले कोरोनाभाइरसको जोखिमबाट बच्न ठूला सभा, सम्मेलन , भोजभतेरको आयोजना नगर्न समेत आग्रह गरेको छ ।
त्यस्तै नियमित हात धुन, खोक्दा र हाछ्यु गर्दा नाक मुख छोप्न, अभिवादन गर्दा नमस्कार गर्न, जंगली तथा घरेलु पशुपंक्षीहरुको असुरक्षित सम्पर्कबाट टाढा रहन समेत आग्रह गरेको छ ।
Categorized in समाज