११ भाद्र २०८३, बिहिबार
Header

पूर्वराजा विरेन्द्रको निवास सर्वसाधरणले अवलोकन गर्न पाउने


प्रकाशित: शनिवार, २४ फागुन २०७६, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहको निजी निवास अवलोकनको लागि बैशाख १ गतेबाट सर्वसाधरणको लागि खुला गरिने भएको छ । 


नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले पूर्वराजा वीरेन्द्र बस्ने गरेको निजी निवास पनि सर्वसाधारणका लागि खुला गर्न लागेको हो ।


समितिका अनुसार नारायणहिटीसँगै निर्माण गरिएको गणतन्त्र स्मारक पनि आउँदो चैत १ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ ।


बिहान ८ देखि अपराह्न ४ बजेसम्म खुला रहनेछ । सुरुको १ महिना निःशुल्क प्रवेशको व्यवस्था समितिले मिलाइएको छ ।


९ वर्षमुनिका विद्यार्थी र ७० वर्षका ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । 


विद्यार्थी, स्वदेशी, सार्कका विदेशी र त्यसबाहेकका देशका नागरिकलाई ४ वर्षमा विभाजन गरी विकास समितिले शुल्क निर्धारण गरेको हो । शुल्क ५० रुपैयाँदेखि १००० सम्म तोकिएको छ ।


यसअघि नारायणहिटी दरबार संग्रहालय सर्वसाधारणका लागि खुला भए पनि राजा वीरेन्द्रको निजी निवास प्रवेश गर्न दिइएको थिएन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex