काठमाडौं । नेपालमा पहिलो पल्ट मिस वल्र्डका भ्रमण भएको छ ।
मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह तीनदिने भ्रमणका लागि विहिवार काठमाडौं आईपुगेकी छिन ।
बिहीबार मिस नेपाल– २०१९ अनुष्का श्रेष्ठले उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी हुन ।
हिडन ट्रेजरले आफ्नो २५ औं वार्षिकोत्सव र भिजिट नेपाल २०२० को अवसर पारेर यस वर्षका मिस वल्र्डलाई नेपाल भ्रमणको निम्तो दिएको थियो ।
जमैकाकी टोनी नेपाल भ्रमण क्रममा सिन्धुपाल्चोक र मकवानपुर जाने कार्यक्रम छ ।
Categorized in सौन्दर्य