काठमाडौं । कोरोना भाईरस संक्रमणको आशंका टेकु अस्पतालमा फेरि २ जना भर्ना भएका छन ।
टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना (कोभिड१९)मंगलबार फेरि दुई जनालाई भर्ना गरिएको हो ।
भर्ना भएका मध्ये एक जना दक्षिण कोरिया र अर्का मध्यपूर्वबाट आएका अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले सञ्चारमाध्यमलाई जानकारी दिए ।
यस अघि कोरोना संक्रमणको आशंकमा गत आइतबार भर्ना भएका ४ जना रिपोर्ट नेगेटिभ आएपछि मंगलबार उनीहरुलाई अस्पतालले डिस्चार्ज दिएको छ ।
सरकारले कोराना भाईरसप्रति उच्च सर्तकता अपनाएको छ ।
Categorized in राष्ट्रिय