१८ बैशाख २०८१, मंगलबार
Header

वसन्तपुरमा चीर ठड्याई सुरु भयो होली (फोटोफिचर) 


प्रकाशित: मंगलवार, २० फागुन २०७६, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं वसन्तपुरमा मंगलवार चीर ठड्याईएपछि यो बर्षको होली अर्थात फागु सुरु भएको छ । 


बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएको हो । चीर ठडाएसँगै काठमाडौं उपत्यकासहित देशभर होली पर्व सुरु भएको मानिन्छ । 


वसन्तपुरमा चीर ठड्याइसकेपछि सहभागीहरुबीच रंगीबिरंगी अबिर दलेर खुसीयाली मनाइएको थियो ।


काठमाडौंलगायत पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराई मधेसका जिल्लाहरुमा फागुन २७ गते होली मनाउन सार्वजनिक विदा दिइएको छ ।


ठडाएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।

 

 

 

 

 

 

तस्वीर सबैः रमेश शाक्य

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD