काठमाडौं । भक्तपुर खरिपाटिस्थित क्वारेन्टाईनमा राखिएको १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
चीनको वुहानबाट उद्दार गरेर ल्याएका उनीहरुमा गरिएको स्वास्थ्य परिक्षणको रिपोर्ट नेभेटिभ आएको चिकित्सकले बताएका छन ।
चिकित्सकले यो खवर उनीहरुलाई सुनाएपछि ताली बजाएर एक अर्कामा खुसी साटेका थिए । सरकारले उनीहरुलाई फागुन ४ गते वुहानबा उद्दार गरेका थिए ।
खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा १४ दिन राखेर नियमित स्वास्थ्य परिक्षण गरिएको थियो ।
अब, क्वारेन्टाइनमा बसेका सबै जना अब आआफ्नो घर जान पाउने भएका छन ।
Categorized in राष्ट्रिय