काठमाडौं । गुडविल फाइनान्सले फागुन २८ गतेबाट १२ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने भएको छ ।
चैत २ गतेसम्म जारी गर्ने छ सो अविधिमा बिक्री नभएमा चैत १२ गतेसम्म बिक्री खुला राख्ने छ ।
फाइनान्सले २५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने जनाएको छ । ७ वर्ष अवधिको ऋणपत्रको ब्याज भुक्तानी ६÷६ महिनामा हुने छ । एनआइबिएल एस क्यापिटल ऋणपत्र निष्कासनको लागि बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । सर्वसाधारणले प्रति इकाइ एक हजार रुपैयाँको दरमा न्यूनतम २५ कित्ता खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।
इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा फाइनान्सले मध्यम किसिमको सुरक्षाको सूचक जनाउने इक्रा एनपि एल डबल बि प्राप्त गरेको छ ।
Categorized in बैंक