काठमाडौं । ललितपुरको हात्तीवानमा चितुवाको आक्रमणबाट ३ जना घाईते भएका छन ।
हात्तीवनस्थित सेतीपाखामा विहिवार चितुवाको आक्रमणबाट तिर कुमारी सुनवारको पहिचान भएपनि अन्य २ जनाको पहिचान हुन सकेको छैन ।
ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलका अनुसार घाईते कुमारीको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भईरहेको छ ।
बिहीबार सेतीपाखामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ ।
एक स्थानीयको घरमा चितुवा पसेको प्रत्यक्षदर्शी संगीता श्रेष्ठले प्रहरीलाई बताएकी छिन ।
चितुवाले स्थानीय तीन जनालाई पञ्जाले हानिको र सो क्षेत्रमा चितुवाको डरले स्थानीयमा त्रास बढेको छ ।
Categorized in समाज