काठमाडौं । सरककारले पट्रोल र डिजेलमा पूर्वाधार विकास कर बढाएको छ ।
अब पेट्रोल, डिजेल र हवाइ इन्धनमा १० रुपैयाँ विकास कर लिइनेछ । यस अघि ५ रुपियाँ लिदै आएको थियो । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले पूर्वाधार विकास करको दर बढाएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले विहिववार मन्त्रिपरिषद्को निर्णय सुनाउन गरेको नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन ।
सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो ।
अहिलेसम्म ४१ अर्ब रुपैयाँ भन्दा बढी रकम जम्मा भइसकेको छ भने अब कर बृद्धि भएपछि डेढ अर्ब रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३÷७४ को बजेटमा पूर्वाधार विकास कर दिने व्यवस्था मिलाएका थिए ।
Categorized in बजार