३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

जावलाखेलको जुस स्टोरबाट ३० लाख चोरी गरेको आरोपमा एक पक्राउ


प्रकाशित: आईतबार, ११ फागुन २०७६, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले ललितपुरको जावलाखेलमा रहेको पशुपति भिभान्ता नामक जुस स्टोरबाट ३० लाख चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा  खगेन्द्रकुमार थापा रहेका छन । प्रहरीा अनुासर थापा सोही पसलमा काम गर्ने कर्मचारी हुन । 


प्रहरीले थापा बस्ने काठमाडौं–१४, कलंकीस्थित डेरामा खनतलासी लिँदा जस्तामाथि बोराभित्र लुकाएको अवस्थामा २० लाख ५० हजार रुपैयाँ बरामद भएको थियो ।


घट्नास्थलबाट प्रहरीले छाता, मोबाइल, ज्याकेट लगायत पनि बरामद गरेको छ । फागुन ९ गते पसलमा चोरी हुँदा ३० लाख रुपैयाँ र केही जिन्सी धनमाल हराएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex