काठमाडौं । बैंक तथा वित्तिय संस्थामा साना तहका कर्मचारीहरु शोषणमा परेको नेपाल राष्ट्र बैंकको एक अनुसन्धानबाट थाहा हुन आएको छ ।
साना तहका कर्मचारी साहयक ट्रेनी, ट्रेनी लगायतका कर्मचारीहरुलाई बैंक तथा वित्तिय संस्थाले काम धेरै गराउने तर पारिश्रमिक भने न्युनतम पनि उपलब्ध नगराएको देखिएपछि राष्ट्र बैंक साना कर्मचारीहरुको तलव स्केल तोक्ने गृहकार्यमा लगेको छ ।
बैंक तथा वित्तिय संस्थामानै यसरी श्रम शोषण भएको पाएपछि राष्ट्र बैंकले साना कर्मचारीहरुको तलब विवरण लगायत डाटा संकलनका थालनि गरेको बुभिझिएको छ ।
बैंक तथा वित्तिय संस्थाहरुले साना कर्मचारीको तुलनामा माथिल्लो तहका कर्मचाहरुको तलव तथा सुविधा कयौं गुण धेरै रहेको छ भने साना कर्मचारीहरुको हकमा अन्याय भएको राष्ट्र बैंकका अधिकारीहरुले वताएका छन् । राष्ट्र बैंकले असामन तलव सुविधाको खाडललाई कम गर्न नीतिगत व्यवस्था गरेर मारका परेको साना कर्मचारीहरुलाई न्याय दिलाउने छलफलमा जुटेको छ ।
Categorized in बैंक