काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणका अर्का अभियुक्तले पनि आत्मसमर्पण गरेको समाचार छ ।
अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आत्मसमर्पण गरेका प्रहरीले जनाएको छ । जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन ।
३३ केजी सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वालेङ घले भएको बयान दिएका थिए ।
केही दिन अघि पुर्पक्षको लागि जेल चलान गरेका वरिष्ठ प्रहरी उपरिक्षक श्याम खत्रीले गत बिहीबार अदालतसमक्ष आत्मपसमर्पण गरेका थिए ।
Categorized in राष्ट्रिय