काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबु नयाँ बसपार्कक्षेत्रबाट ५७ जनालाई नियन्त्रणमा लिएको छ ।
अवैध कार्यमा संलग्न भएको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरील शुद्धीकरण अभियानअन्तर्गत सञ्चालित स्विप अपरेसनका क्रममा उनीहरु लाई गएराति नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ ।
पक्राउ पर्नेमा सनकाजी दर्जी, विनोद भट्टराई, विष्णु थापा, नरेन्द्र पोमु, अशोक पोमु, कमल काराखेती, सोमबहादुर तामाङललगायत छन ।
पक्राउ परेका ५७ जनालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।
यस अघि पनि स्वीप अप्रेशन सो क्षेत्रमा गरिएको थियो ।
Categorized in समाज