२ भाद्र २०८३, मंगलबार
Header

काठमाडौंमा रात्रीबस चलाउने महानगरको तयारी


प्रकाशित: विहिवार, १ फागुन २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकमा रात्री बस सेवा सञ्चालनको लागि सरोकवारवालाहरुसँग छलफल गरेको छ ।


महानगर प्रमुख विद्यासुन्दर शाक्यले बुधवार आयोजित ‘काठमाडौं उपत्यकामा रात्रीकालीन सार्वजनिक यातायात र ट््याक्सी सेवा सञ्चालन’ विषयमा सरोकारवाला निकायका अधिकारीहरुलाई आग्रह गरेका छन । 


रात्रीकालीन सवारी सञ्चालनका लागि महानगरले केही सहयोग गर्ने मेयर शाक्यले बताएका थिए ।  बैठकमा सेवा शुरु गर्दा पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सवारी सञ्चालन गर्ने प्रस्ताव गरिएको थियो । 


२०७७ को नयाँ बर्षसँगै काठमाडौंमा रात्रीकालीन सार्वजनिक सवारी साधन सञ्चालन तयारीलाई तीब्र बनाउन महानगरका प्रमुख शाक्यले सरोकारवाला आग्रह समेत गरेका छन । 


सो छलफल कार्यक्रममा यातायात व्यवस्था बिभागका महानिर्देशक गोगनबहादुर हमालले साँझ वा त्यसपछिको समयमा मानिसहरु बाहिर निस्कने वातावरण तयार गर्दै सवारी सञ्चालनलाई यससँग जोड्नु पर्ने भनाई राखे । 


काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्य, काठमाडौं महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, महानगरीय ट्राफिक महाशाखा रामशाहपथका प्रहरी उपरीक्षक राजकुमार बैदवार लगायतले रात्रीकालिन सेवाको बारेमा आ–आफ्नो भनाई राखेका थिए । 


रात्रीकालीन यातायातले नेपाल भ्रमण वर्षमा नेपाल आउने पर्यटकका लागि पनि सहयोग पुग्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक विमल बस्नेतको भनाई थियो । 


सरकारले रात्रीकालीन सेवामा ५० प्रतिशत भाडा वृद्धि गरिदिनु पर्ने व्यवसायीको माग रहेको छ । 

 

२०६९ सालमा पनि प्रयोग गरिएको हो ।  


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex