१८ बैशाख २०८१, मंगलबार
Header

कोरोना भाईरसको आशंका गर्दै सिन्धुपाल्चोकका गाउपालिकाले मन्त्रालयलाई पत्र पठायो


प्रकाशित: बुधवार, २९ माघ २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा केही दिन यता कोरना भाईरसका विरामी जस्तै लक्षण भएका विरामी भेटिएको छ । 


वडा ३ को गुम्बा गाउँमा गत आइतबार स्कूले केटाकेटीमा देखिएको रुघाखोकी, ज्वरो पछि अन्यमा पनि धमाधम सर्न थालेपछि स्थानीयले गाउँपालिकालाई खबर गरे ।  


गाउँपालिकाले चारजना स्वास्थ्यकर्मीलाई गुम्बामा पठाएर चेक जाँच गरेपछि कोरोना भाइरसको लक्षणसँग मिल्ने भन्दै गाउँपालिकालाई खबर पछि गाउँपालिकाले स्वास्थ्य मन्त्रालय लगायत माथिका निकायलाई पत्र लेखेको सेतोपाटीमा प्रकाशित समाचारमा उल्लेख छ ।


समाचार अनुसार विरामीमा देखिएका लक्षण कम हुँदै गएको पनि गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङको भनाई छ । 


उपाध्यक्ष तामाङले सुरुमा कोरोना भाइरससँग लक्षण मिल्ने देखिएपनि औंषधी चलाएपछि अहिले लक्षण कम हुँदै गएको बताएकी छिन ।


गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण विकका अनुसार करिब १०० जनामा यस किसिमको लक्षण देखिएको बताएका छन ।

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD