३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

खोकनावासीद्धारा फस्ट ट्रयाकको खारेजी माग गर्दै प्रदर्शन


प्रकाशित: मंगलवार, २८ माघ २०७६, १८ः१३ बजे
- महानगरखबर

काठमाडौं । ललितपुरका खोकनावासीहरुले मंगलवार फास्ट ट्रयाकको खारेजी माग गर्दै प्रदर्शन गरेका छन ।


ललितपुरको पुल्चोकबाट प्लेकार्ड बोकी निस्केको ¥याली काठमाडौंको माईतीघर मण्डलमा गएर धर्नामा परिणत भएको थियो ।


उनीहरुले फस्ट ट्रयाक खारेज गर, पश्चिम नेपालमा ठुला शहरको विकास गर, आए एल ओ १६९को उल्लघंन गर्न पाईदैन, बुङग खोकनामा बाहिरी चक्रपथ चाँहिँदै लेखिएको प्लेकाड बोकी प्रदर्शन गरेका थिए ।  


तराई मधेस फास्ट ट्रयाकलगायतका विकास निर्माणका कामबाट आफूहरुको जग्गा र सांस्कृतिक सम्पदा नष्ट हुने भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन । 


फास्ट ट्रयाक, बाहिरी चक्रपथ, स्मार्ट सिटी, सुरुङमार्ग लगायतका योजनाको माध्यमल स्थानीयको जग्गा र सांस्कृतिक संरचना मास्न लागेको भन्दै आन्दोलनलाई जारी राखेको उनीहरुले बताएका छन ।


उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष, खोकना बुङ्गमती जनसरोकार समिति लगायतका विभिन्न सरोकारवालाहरुको संघ, संस्थाहरु प्रदर्शनमा सहभागी भएका थिए । 


यसअघि आफ्नै अनुहारमा कालो दलेर विरोध प्रदर्शन गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex