काठमाडौं । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको ७२ बर्षको उमेरमा निधन भएको छ ।
विश्व घट्ना जस्ता चर्चित कार्यक्रमा संचालक शर्माको महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको परिवारले जनाएको छ ।
नेपाल टेलिभिजनको स्थापना कालदेखि लामो समयसम्म समाचारवाचक रहेका शर्मा मुटुसम्बन्धी रोगबाट पीडित थिए ।
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका उनलाई मंगलबार राति मनमोहनमा सारिएको थियो ।
२०४२ सालमा नेपाल टेलिभिजनको प्रशारण सुरु हुँदादेखि काम गरेका शर्माले टेलिभिजनको महाप्रबन्धकसम्म भई काम गरेका थिए ।
उनका दुई छोरा र श्रीमती छन ।
Categorized in समाज