१२ भाद्र २०८३, शुक्रबार
Header

ओमबहालमा सहिद धर्मभक्तको नामको पार्क उद्घाटन


प्रकाशित: विहिवार, १६ माघ २०७६, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा २३ स्थित ओमबहालमा सहिद धर्मभक्त माथेको नाममा निर्माण गरिएको पार्क उद्घाटन गरिएको छ ।


महानगर प्रमुख विद्यासुन्दर शाक्यले बुधवार एक कार्यक्रमविच सहिद धर्मभक्त को पूर्णकदको शालिक अनावरण गरी पार्कको औपचरिक उद्घाटन गरे । 


नेपालमा प्रजातन्त्र स्थापना र नेपाल तथा नेपालीको समृद्धिको लागि ज्यानको प्रवाह नगरी बलिदानी सहिदप्रति महानगरको यो सम्मान भएको प्रमुख  शाक्यले बतााए । 


सो अवसरमा सहिद धर्मभक्तको भतिजा तथा शिक्षाविद डा. केदारभक्त माथेमाले २००७ साल क्रान्तिको ‘इपिसेन्टर’ भएको कारण आज खुला राजनीतिको अवस्था सिर्जना भएको उल्लेख गरे । 


२३ वडा अध्यक्ष मचाराजा महर्जनले यो पार्क सँगै ३० हजार लिटर क्षमताको पानी टयांकीको पनि निर्माण गरिएको जानकारी दिँदै आगलागी भएको खण्डमा सहजै ढंगबाट पानीको व्यवस्थापन हुने बताए । 


त्यसैगरी कार्यक्रममा पूर्वमन्त्री प्रयागराज सिं सुवाल, पूर्व वडा अध्यक्ष पवित्रमान बज्राचार्य लगायतले धर्मभक्तको योगदानबारे चर्चा गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex