१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

महानगर र गंगालाल हृदय केन्द्रविच अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता 


प्रकाशित: बुधवार, १५ माघ २०७६, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगर र गंगाला हृदय केन्द्रविच अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता भएको छ । 


केन्द्रको २४ औं स्थापना दिवस तथा सहिद सप्ताहको कार्यक्रमको अवसरमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सभा सदस्य दीपक निरौलाको रोहबरमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । 


मुटुको विरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने उदेश्यले महानगरले प्लान्ट स्थापना गरिदिने भएको हो । सम्झौताबमोजिम हृदय केन्द्रले प्लान्ट र यस सम्बन्धि उपकरण खरिद खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्नेछ । 


प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, बिद्युत प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मत सम्भार गर्ने जिम्मेवारी केन्द्रको हुनेछ ।


उपप्रधानमन्त्री पोखरेलले, महानगरपालिकाले बिशेषज्ञ सेवा प्रदायक स्वास्थ्य संस्थाको सहयोगमा नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउन गरेको कामको सराहना गरे । 


सो अवसरमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले महानगरले अहिले सम्म गरेका स्वास्थय, सम्पदा, महनागरक्षेत्रका सार्वजनिक जग्गाका पार्क निर्माण लगायतका विषयमा चर्चा गरेका थिए । 


महानगरले केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्न ३ करोड रुपैयाँ छुट््याएको छ ।


त्यस अवसरमा हृदय केन्द्रले बीमित बिरामीको उपचारका लागि राष्ट्रिय बीमा बोर्ड सम्झौता ग¥यो । त्यसै अवसरमा बिरामी कुरुवा घरको व्यवस्थापनका लागि मृगेन्द्र चिकित्सा गुठीले १० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex