काठमाडौं । पर्यटन बर्ष २०२० को प्रवद्र्धनको लागि भन्दै डमिमा राखिएको जिवित देवी देवताको आकृतीको विरोध भएपछि हटाएको छ ।
बसन्तपुरमा राखिएको यतिको डमिमा धार्मिक आस्था बोकेको जिबित देवि कुमारीको आकृती, यति को पछाडी भागमा विभिन्न भैरब लगायत जात्रा पर्व को बुटाहरु कोरिएका थिए ।
तर यसको सामाजिक सञ्जलामा चर्को विरोध हुन थालेपछि काठमाडौं हनुमान ढोका दरबार क्षेत्र सम्रक्षण कार्यक्रम , पर्यटन प्रहरी बसन्तपुर , नगर प्रहरी, महानगरिय प्रहरी बृत्त जनसेवाको संयुक्त प्रयास उक्त चित्रहरु हटाइएको छ ।
डमिमा कोरिएको चित्र स्प्रे हानेर मेटाएको थियो ।
तस्वीरः सम्पदा अभियान्त गणपतिलाल श्रेष्ठको फेसबुक फेजबाट
Categorized in सम्पदा/संस्कृति