काठमाडौं । चीनको युवान क्षेत्रबाट नेपाल फर्केका एक युवकमा कोराना भाईरसको संक्रमण पाएको छ ।
शुक्रवार स्वास्थ्य मन्त्रालयलले शुक्रबार पत्रकार गरेर ती युवकको उक्त भाईरस भएको पुष्टि गरेको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तीमा चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको जनाएको छ ।
‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको विज्ञप्तीमा उल्लेख भएको अनलाईनखवरमा प्रकाशित समाचारमा छ ।
हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Categorized in स्वास्थ्य