काठमाडौं । समाजिक सञ्जालमा अश्लिल भिडियो पोष्ट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
एक वर्षअघि सार्वजनिक बसभित्र हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी महिलाको कपालमा बिर्य पारेका भिडियो पोष्ट गर्ने रविन रुचाल पक्राउ परेका हुन ।
प्रहरीले उनलाई सोमबार चितवनबाट पक्राउ गरी मंगलावर काठमाडौंमा ल्याई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
चितवन भरतपुर घर भई बानेश्वर बस्ने रुचालले ओमन्स वारियर नामक फेसकुक ग्रुपबाट उक्त भिडियो अपलोड गरेपछि भाईरल बनेको थियो ।
भिडियो भाईरल भएलगतै समाजिक सञ्जालमा यसको कडा आलोचना भएपछि प्रहरीले रुचालको खोजी सुरु गरेको थियो तर एक बर्षसम्म पत्तो लगाउन सकेको थिएन ।
प्लस टुसम्म पढेको बताउने रुचाल काठमाडौंमा रिक्सा चलाउने काम काम गर्दथे । प्रहरीको खोजी सुरु भएपनि रुचाल काठमाडौबाट भागरे २०१९ फ्रेबुअरीमा भागेर भारतको दिल्ली पुगेका थिए ।
उनले दिल्लीमा करिव ३ महिना मःम प्याक्ट्रीमा काम गरेका उनी कश्मीर पुगे र पछि फेर करिव ४ महिना बसेका उनी चितवन फर्किएका थिए ।
भ्युअर्स बढाएर धेरै पैसा कमाउन सकिने साथीहरुको सल्लाहबाट उनले फेसबुकमा समूह बनाई यस किसिमको भिडियोहरु अपलोड गर्ने गरेको रुचालले प्रहरीलाई बताएका छन ।
Categorized in समाज