१२ भाद्र २०८३, शुक्रबार
Header

एनबिआईको अध्यक्षमा कुशकुमार जोशी


प्रकाशित: शुक्रवार, २५ पुष २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) को अध्यक्षमा कुशकुमार जोशी निर्वाचित भएका छन ।


१३औं वार्षिक साधारणसभाबाट जोशी निर्विरोधअध्यक्षमा चयन भएका हुन । यसअघि उपाध्यक्ष रहेका जोशी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन । 


संघको उपाध्यक्षमा सुकुन्तलाल हिराचन, महासचिवमा सुरेन्द्रबीर मालाकार, कोषाध्यक्षमा दीपक मल्होत्रा चयन भएका छन । संघको सचिवद्वयमा सुरेश प्रधान र गोपीकृष्ण न्यौपाने, सहकोषाध्ययक्षमा विनायक शाह चयन भएका छन । 


त्यसैगरी संघको सदस्यहरुमा सरोजप्रसाद पाण्डे उमेश लाल श्रेष्ठ, राजेश खड्का, रविन्द्रमान सिंह, अरनिको राजभण्डारी, लता प्याकुरेल, डा.वविन पोखरेल, डा. राजेन्द्र घिसिङ, मुकेशकुमार भट्टराई उपाध्याय, सुधिर मित्तल, खेम लकाई, होमनाथ उपाध्याय, अशोक वैद्य, रमेश महर्जन चयन भएका छन । 


राष्ट्रिय व्यावसायिक पहलमा मुलुकभरका ५० भन्दा बढी महासंघ, संघ र ७० भन्दा बढी प्रतिष्ठित व्यापारिक प्रतिष्ठानहरु सदस्य रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex