काठमाडौं । अखिल नेपाल भिक्षु महासंघलाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।
सोमबार विश्वशान्ति विहारमा आयोजित एक कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महास्थविरलाई २३ लाख ६५ हजार को चेक हस्तान्तरण गरेका छन ।
नेपाल बौद्ध परियत्ति शिक्षाको संसथागत विकासका लागि उक्त रकम महानगरले सहयोग गरेको हो ।
परियत्ति केन्द्रले बुद्धशिक्षा प्रचार गर्दै आइरहेको छ भने बर्षेनी ५ हजार भन्दा बढी विद्यार्थीहरुबाट परिक्षाकोलागी आवेदन दिने गरेका छन र परिक्षा दिइरहेका छन र अहिले २२ भन्दा बढी जिल्लाहरुमा परियत्ति संचालन भइरहेको छ ।
Categorized in समाज