काठमाडौं । टेकुको सुकुम्बासी टोलमा एक महिलालाई निर्घात कुट्नेलाई प्रहरीले खोजी सुरु गरेको छ ।
महिलालाई कुटेको एक भिडियो सार्वजनिक भएपछि ती कुट्ने व्यक्तिलाई खोज्न महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी परिचालन गरेको छ ।
३ सेकेन्डको उक्त भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछि प्रहरीले खोजी अभियान चलाएको हो।
पीडित महिला भने प्रहरीको सम्पर्कमा नआएकोले के विवादमा कुटपिट भएको भन्ने थाहा हुन नसकेको प्रहरीको भनाई छ ।
Categorized in समाज