काठमाडौं । भारत र पाकिस्तान सिमामा बुधवार भएको गोली हानाहानमा एक नेपालीको मृत्यु भएको छ ।
भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापामगरको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन ।
जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा भएको दुईपक्षीय भिडन्तमा गोरखाका थापा मगर रहेको भारतीय सेनाका प्रवक्ता देवेन्द्र आनन्दलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले समाचार लेखेको छ ।
पाकिस्तानी सेनाको गोली लागेर घाइेते भएका भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत थापा मगरको उपचारको क्रममा मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन ।
सो भिडन्तमा भारतीय नागरिक सन्दीप रघुनाथको पनि मृत्यु भएको छ ।
भारतीय सेनाका प्रवक्ताले ती बहादुर सिपाही थामा मगरलेले वीरगति पाउँदा भारतीय सेना शोक व्यक्त गरेको छ ।
यसअघि गत कात्तिकमा भारत–पाकिस्तानबीच भएको लडाइँमा पनि गोर्खा रेजिमेन्टमा कार्यरत नेपाली गामिलकुमार श्रेष्ठको मृत्यु भएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय