११ भाद्र २०८३, बिहिबार
Header

बागमती प्रदेश नामकारणको चर्को बिरोध


प्रकाशित: सोमबार, १४ पुष २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ३ को नाम बागमती राखेपछि विरोध सुरु भएको छ । 


आईतबार नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजाधनी हेटौडा राख्ने निर्णय गरेपछि पहिचान पक्षधरहरुले सो कडा विरोध जनाएका छन । 


पहिचान पक्षधरले बागमती नामकारणको विरोधमा मंगलवार एक भेलाको अयोजना गर्ने भएको छ । नेपाः ब्यांकेट खुसिबुमा विहान ८ बजे हुने भेलामा पहिचान पक्षधरका जातिय संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा हुने भेलाले एक बक्तव्य जारी गर्ने तयारी समेत गरेको छ । 


सो भेलामा नेपालभाषा मंकाः खलः का अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठ, नेवाः न्ह्यलुवाः डा. महेशमान श्रेष्ठ, नेवाः न्ह्यलुवाःपिं हितकरवीर सिंह कंसाकार, मल्ल के.सुन्दर, राजेन्द्र श्रेष्ठ, दिलीप महर्जन, सांसद भिमसेनदास प्रधान लगायतको उपस्थिती हुने छ । 
पहिचान पक्षधरले प्रदेश ३ को नाम नेवाः प्रदेश, नेवाः ताम्सालिङ, नेपाल मण्डल हुनुपर्ने माग राख्दै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex