काठमाडौं । केही दिनयता हराई रहेका कृष्णकुमार मानन्धरलाई प्रहरीले चितवनमा मृत फेला पारेका छन ।
प्रहरीले मानन्धरलाई रत्ननगर नगरपालिकाको वडा नम्बर ९ मा रहेको एक इनारमा फेला परेका हुन ।
काभ्रे घर भएका मानन्धर चितवनको रत्ननगरमा जेसिसको महाधिवेशनमा सहभागी हुन आएपनि पुष ११ गते देखि हराई रहेका थिए ।
प्रहरीका अनुसार नेपाल जेसिसको ४६ औं महाधिवेशनमा उनी सहभागी हुन आएका थिए । प्रहरीले उनको शव आईतबार फेला पारेको थियो । मानन्धर काभ्रे जेसिजका कार्यकारिणी उपाध्यक्ष थिए । प्रहरीले घटनाको अनुसन्धान जारी राखिएको बताएका छन ।
Categorized in समाज