११ भाद्र २०८३, बिहिबार
Header

प्रदेश ३ को नाम ‘बागमाती’ राख्ने नेकपाको निर्णय


प्रकाशित: आईतबार, १३ पुष २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आईतबार बसेको सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती राख्ने निर्णय गरेको छ । 


बैठकले प्रदेश ३ को राजधानी राजधानी हेटौडा बनाउने समेत निर्णय गरेको छ । 


मुख्यमन्त्री डोरमणि पौडेलले पुस २० गतेभित्रै नाम र राजधानी टुंगो लाग्ने जानकारी दिँदै पार्टीको सचिवालय बैठकको निर्णयबारे जानकारी भएको बताएका छन । 


आईतबार सेतोपाटीडटकममा प्रकाशित समाचार अनुसार पुष २० गते संसदको बसेपछि प्रदेशको नाम र राजधानीले बैधानिकता पाउने मुख्यमन्त्री पौडेलको भनाई छ । 


पार्टीको निर्णयले मात्र प्रदेशको नाम र राजधानी कायम नहुने मुख्यमन्त्री पौडेलले बताए । 


प्रदेश ३ मा नेकपाको २ तिहाइ नेतृत्वको सरकार छ । १ सय १० सदस्यीय प्रतिनिधि सभामा नेकपाका ८० कांग्रेसका २२ र अन्य दलका ८ जना सांसद छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex