काठमाडौं । तीनकुनेस्थित नापी विभाग अगाडि टिपरको ठक्करबाट ७० वर्षीया वृद्धालाई ठक्कर दिई फरार भएका टिपर भेटिएको छ ।
प्रहरीले आईतबार काठमाडौंको क्षेत्रपाटीबाट टिपरलाई नियन्त्रणमा लिएको छ । गएराती टिपरको ठक्करबाट घाईते बृद्धाको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको थियो ।
ठक्कर दिएर फरार भएका टिपरले प्रहरी टोलीले काठमाडौंका विभिन्न ठाउँमा चेकजाँच र नाकाबन्दी बढाएर टिपरको खोजी गरेपछि क्षेत्रपाटीमा भेटिएको हो ।
मृत बृद्धाको सनाखत हुन नसकेकोले परिचय खुल्न सकेको छैन । प्रहरीले टिपर चालको खोजी भइरहेको बताए ।
Categorized in समाज