काठमाडौं । ललितपुर महानगरपालिकाले १३ औं दक्षिण एशियाली खेलकुदका बिजेता खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।
ललितपुर महनगरक्षेत्रका स्थायी बसोवास भएका खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने महानगरले जनाएको छ ।
पुष २ गते सागमा स्वर्ण, रजत तथा कास्य पदक बिजेता खेलाडीहरुलाई संघीय मामिला मन्त्री ह्देश त्रिपाठीले सम्मान गर्ने कार्यक्र रहेको छ ।
महानगरले खेलाडीहरुलाई ललितपुर महानगरको समाज कल्याण महाशाखामा नाम पठाउन एक सुचना समेत जारी गरेको छ ।
Categorized in स्थानिय