४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौं महानगरले सहरको युवालाई उद्यम सिकाउने


प्रकाशित: सोमबार, ३० मंसिर २०७६, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका सहरी क्षेत्रका युवालाई उद्यमशिल बनाउने भएको छ । 


सहरका युवाहरुलाई विभिन्न किसिमको सिप मुलुक तालिम, व्यवसायिक सिकाई जस्ता रोजगारमूलक कार्यक्रम ल्याउने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ । 


महानगरले काठमाडौं मेट्रोपोलिटन सिटी हब (के—हब) कार्यक्रम सुरु गर्ने विषयमा काठमाडौं महानगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपि) बीच आईतबार एक सम्झौता भएको छ । 


महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र युएनडिपिका आवासीय प्रतिनिधि आइसानी मेडागाङ्गोडा लबेबीच युवाहरुबीच उद्यमशीलतामा आधारित तथा उत्पादनमुलक कार्यक्रम थालनी गर्न सम्झौता भएको हो ।


सम्झौता अनुसार महाननगरले सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रसँग मिलेर सहर युवाका व्यवसायिक तथा रोजगारमुलक कार्यक्रमहरु सञ्चालन गर्ने छ । 


महानगर प्रमुख शाक्यले केही गर्ने सोच भएका तर कसरी गर्ने भनेर अलमल्लमा परेका युवालाई बाटो देखाउने कार्यक्रमको मुख्य उद्देश्य भएको बताएका छन । 


महानगरको लगानीमा हुने यस कार्यक्रमले उद्यम तथा साना उद्यम, न्युन लगानी भएका तथा स्वरोजगारमुलक व्यापारजस्ता उत्पादनमुलक क्षेत्रका बिषयमा सिकाइ प्रवर्धन गरिन्छ । 


कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, आयोगका सदस्य डा. कीर्ति कुसुम जोशीले युवा लक्षित कार्यक्रमहरु बारे चर्चा गरेका थिए । 


सो अवसरमा आवासीय प्रतिनिधि लबेले स्थानीय स्तरमा उपलब्ध तर बजार भाउ नपाएका सामान तथा बस्तुलाई बिक्री योग्य बनाउने र उत्पादिन सामानलाई बजारको पहुँचमा पु¥याउने कार्यक्रमको लक्ष्य हुने बताईन । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika