४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

महानगर दिवस सम्मान र पुरस्कार प्रदान गरी भव्य रुपमा मनाईयो


प्रकाशित: आईतबार, २९ मंसिर २०७६, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिको आईतबार २५ औं महानगर दिवश भव्य रुपमा विभिन्न कार्यक्रमका साथ मनाईएको छ ।


काठमाडौंको बसन्तपुरमा आयोजित सो दिवशको अवसर पारेर ज्यापु समुदायका परम्परागत ६३ गुठी, खड्गी समुदायका ६० गुठी, गुँला बाजाका २३ वटा समूहका बाजा गुरुहरुलाई नगद सहित सम्मान गरिएको छ ।


मखं त्वाकी श्री ३ कुमारी प्रकृति महर्जन र किलाघः त्वाः की कुमारी रेसुका महर्जनलाई मासिक १५ हजार रुपैयाँ भत्तासहित सम्मान गरियो । त्यस्तै इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे, आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः बाजाका बाजा गुरुहरूलाई सम्मान गरिएको थियो ।


उत्कृष्ट करदातामा सम्पत्ति करतर्फ वडा ६ का छेतेन ग्युर्मान श्रेष्ठलाई सम्मानित गरियो, बहाल करतर्फ वडा ११ की जया राज्य लक्ष्मी शाहलाई सम्मान गरियो भने व्यवसाय करतर्फ वडा ५ मा रहेको उपमा डेभलपर्स प्रा. लि. लाई सम्मानित गरियो ।  मनोरञ्जन करतर्फ वडा ३० मा रहेको कुमारी चलचित्र मन्दिरलाई सम्मान गरियो ।

 
यससँगै महानगरमा २५ बर्ष नियमित सेवा गर्ने १७ जना कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरियो । 


यसरी पदक प्राप्त गर्ने कर्मचारीहरुमा निर्देशक कमलबाबु श्रेष्ठ, निर्देशक रबिन्द्र कुमार राई, उपनिर्देशक रामबाबु महतो, उपनिर्देशक निर्मल बराल, उपनिर्देशक मनोज सिंह सुवाल, उपनिर्देशक गम्भीरलाल श्रेष्ठ, ईञ्जिनियर बीरबहादुर कार्की, इञ्जिनियर माधव श्रेष्ठ, अमिन उत्तमप्रसाद भट्टराई, नायव सुब्बा कृष्ण गोपाल प्रधान रहेका छन । 


त्यस्तै कार्यालय सहयोगी राजु खत्री, मेतर अञ्जु नेपाली, कुचीकार सानुकान्छी पोडेनी, कुचीकार कुचीकार मीना कुचीकार, कुचीकार शान्ता पोडेनी, कुचीकार बुद्धलक्ष्मी पोडेनी र कुचीकार सुर्जमाया पोडेनी सम्मानति भएका छन । 


सो अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, संघीय संसद सदस्य जीवनराम श्रेष्ठले महानगर दिवशको बारेमा आफ्ना भनाई राखेका थिए । 


सो अवसरमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले सडक मानवमुक्त सहर अभियान घोषणा गरेको छ । 


काठमाडौंलाई सडक मानव मुक्त बनाउनका लागि भन्दै ३ महिने अभियान घोषणा गर्दै सबैलाई सहयोगको लागि अपिल समेत गरेको छ । 


प्रमुख शाक्यले सडकमा देखिएका बेसहराहरुको बारे महानगरलाई जानकारी दिन आग्रह समेत गरेका छन । मानव आश्रमको सहयोगमा महानगरले सडकमा बेसरहा भएका गरिब, दुःखी, माग्ने, अपाङ, बृद्धबद्धाहरुलाई संरक्षण गर्ने अयिभान चलाएको हो । 
यसअघि भरतपुर महानगरपालिकालाई सडक मानवमुक्त सहर घोषणा गरिएको थियो । 


२०५२ साल मंसिर २९ गते तत्कालिन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika