काठमाडौं । सिन्धुपाल्चोक बस दुर्घट्नमा मर्नेहरुको संख्या १५ पुगेको छ ।
दोलखा जिल्लाको कालीञ्चोक मन्दिर दर्शन गरी काठमाडौं तर्फ आउँदै गरेको बा४ख ४४६८ नम्बरको बस आइतबार सिन्धुपाल्चोकमा दुर्घट्ना भएको थियो ।
प्रहरीको अनुसार मृतकहरु मध्ये ६ जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा सिन्धुपालचोक जुगल गाउँपालिका–७ का अन्दाजी २७ वर्षका सुक बहादुर तामाङ र सोही गाउँपालिकाका ७ वर्षीय सबिना तामाङको मृत्यु भएको छ ।
त्यसैगरी दोलखाको भिमेश्वर नगरपालिकाकी अन्दाजी ३७ वर्षीय जुनु माया तामाङ र सोही नगरपालिका–९ वर्ष २८ की मञ्जु तामाङको पहिचान भएको छ ।
रामेछापको उमाकुण्ड गाउँपालिका–५ अन्दाजी २८ मेहेश तामाङ र भक्तपुर सूर्यविनायक नगरपालिका– ८ का वर्ष ३२ का चिनु बस्नेतको मृत्यु भएको हो ।
घाईतेहरु १७ जना मध्ये केहीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । सिन्दु सदाबहार अस्पतालमा एक जना, धुलिखेल अस्पतालमा दुई जना, हेम्स अस्पतालमा ६, काठमाडौं मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको छ ।
Categorized in समाज