काठमाडौं । विहिवार बेलुका उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र बनाएरबेलुका ७ः११ बजे ४ दशमलव ८ रेक्टरको भूकम्प भएको हो ।
भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरमा पनि महशुस गरिएको छ ।
यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।
Categorized in समाज