काठमाडौं । काठमाडौं उपत्यकमा विहिवार भव्य रुपमा यःमरी पुन्ही मनाईएको छ ।
योःमरि पून्ही नेवार समुदायले विभिन्न बाजा, गाँजा, सहित टोल टोल घुमेर मनाउने चलन रहेको छ ।
मंसिर शुक्ल पूर्णिमाका (शुक्लपक्ष थिंलाथ्व ) दिन पर्ने यो यःमरि बनाएर खाने चलन छ । यःमरिको शाव्दिक अर्थ भने मन पर्ने रोटी हो ।
चामलको पिठोको रोटीभित्र चाकु वा खुवा राखेर बनाइने परिकार नै यःमरि हो ।
यस दिन योःमरि बनाएर घरघरमा देवी देवतालाई चढाएर पूजा गर्ने परम्परा रही आएको छ ।
योमरी बनाउँदा योमरीको साथसाथै लक्ष्मी, सरस्वती र कुवेर, ख्याकको पनि मूर्ति बनाउने गरिन्छ ।
यसै दिन ज्यापू दिवश पनि मनाईन्छ । ज्यापू महागुथिले आज १६ औं राष्ट्रिय ज्यापू दिवश –११४० विविध कार्यक्रमका साथ मनाएका छन ।
तस्वीरः रमेश शाक्य
Categorized in सम्पदा/संस्कृति