३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कामपाको सडकमा अब माग्न नपाईने, अटेर गरे कैद र जरिवाना हुने


प्रकाशित: मंगलवार, २४ मंसिर २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलवार एक सार्वजनिक सुचना निकाली सडकमा नमाग्न अपिल गरेको छ । 


महानगरपालिकाले सडकमा माग्न बस्नेलाई तीन दिनभित्र हट्न भनेको छ । कामपाले कानूनले निषेध गरेको भिक्षा माग्ने पेशा नअपनाउन र अपनाए कारवाही गर्ने चेतावनीसहित सूचना जारी गरेको हो । 


कामपा प्रमुख विद्यासुन्दर शाक्यले माग्ने पेशा गर्न नपाईने कानुनलाई कार्यन्वयन गरिने बताउँदै एक छाक खान नपाएर सडकमा बस्नुपर्ने बाध्यता भएकाकालाई संरक्षण गरिने बताएका छन । 


प्रमुख शाक्यले वास्तविक, असहाय, बेसहारा तथा सहयोगापेक्षीहरुलाई उद्धार गरी मानवसेवा आश्रममा लगेर संरक्षण गरिने छ र उनीहरुको  परिवार पत्ता लागेकालाई पुनःमिलन गराइने बताए । 


मुलुकी अपराधसंहितामा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय, कार्यालयको परिसर र सार्वजनिक सवारी साधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ । 


भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजार रुपैयाँसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने संहितामा रहेको छ ।


कामपाले यही मंसिर २९ गते मनाउन गईरहेको महानगर दिवशमा बेसहारा, अभिभावकविहीन, सहयोगापेक्षी सडक आश्रित मानवरहित काठमाडौँ महानगर बनाउने अभियानको घोषणा गर्न लागिएको छ । 


महानगर, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, नेपाल प्रहरी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाँचपक्षीय सम्झौता गरेर संयुक्त रुपमा अभियान अघि बढाउँदै छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex