काठमाडौं । काठमाडौं महानगरपालिकाले साईकल लेन बनाउने भएको छ ।
महानगरको सहरी योजना आयोगले काठमाडौंमा साइकल लेन बनाउनका लागि गुरुयोजना समेत तयार पारिसकेको आयोगका कार्यकारी उपाध्यक्ष सरोज बस्नेतले बताएका छन ।
उपाध्यक्ष बस्नेतले गुरुयोजना अनुसार माइतिघरदेखि–बानेश्वर हुँदै तिनकुने–कोटेश्वरसम्म महानगरले साइकल लेन निर्माण गर्नेछ ।
सरोकारवालासँगको छलफल साईकल लेन निर्माणको गुरुयोजनालाई अन्तिम रुप दिने बस्नेतले बताए ।
साईकल लेन वर्क सपको लागि मंगलावर अन्तरक्रिया कार्यक्रम रहेको अध्यक्ष बस्नेतले जानकारी दिए । साइकल ट्रयाकका लागि डिजाइन समेत फाइनल भईसकेकोले अन्तरक्रिायमा आएको सुझावलाई समेटर अघि बढने उनले बताए ।
ललितपुर महानगरले यसअघि नै कुपण्डोलदेखि मंगलबजारसम्म लेन बनाउनका लागि शिलान्याससमेत गरिसकेको छ ।
महानगरले लेन निर्माणका लागि ३ करोड रुपैयाँ भन्दा बढी खर्चिने उपाध्यक्ष बस्नेतले बताए ।
Categorized in समाज