३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बाग्लुङको सिमाना भिङगिठेमा जीप दूर्घटना, १४ जनाको मृत्यु


प्रकाशित: मंगलवार, १७ मंसिर २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । बाग्लुङ जिल्लाको सिमाना भिङगिठेमा जीप दूर्घटनामा १४ जनाको मृत्यु भएको छ ।


उक्त दुर्घट्नमा इस्मा गाउँपालिका–४ का २ वर्षीयी अनुशा कार्की सहित १४ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दूर्घटनामा परेको हो ।


मृत्यु हुनेहरु गुल्मीको इस्मा गाउँपालिका–४ का रहेको प्रहरीले जनाएको छ । 


इस्मा गाउँपालिका–४ का ३० वर्षीय सुचना कार्की, जीप चालक रेश्म थापा, ४० वर्षीया बसुन्धरा कार्की, २३ वर्षीया माया थापा, ४० वर्षीया सीता कार्र्की रहेका छन । 


त्यसैगरी ६५ वर्षीया झवी कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीया भूमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धन बहादुर कार्की, बाग्लुङको बडिगाड गाउँपालिका–५ का ५५ बर्षीया लक्ष्मी केसी, नवलपरासी बर्दघाट नगरपालिका–२ का ६० वर्षीया मुना कार्की, कञ्चनपुरका ५५ वर्षीया धनबहादुर कार्की छन ।


दूर्घटनामा परि घाईते हुनेरुमा नवलपरासी बर्दघाट नगरपालिका–२ का २२ वर्षीयका जीवन कार्की, इस्मा गाउँपालिका–४ का ४ वर्षीय हिमाल कार्की र सोही गाउँपालिका ४ बस्ने २३ वर्षीया मिना केसी छन ।


जीपमा सवार सबै गुल्मीबाट कुल पूजाका लागि बाग्लुङको निसीखोला गाउँपालिका हिँडेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex