काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आईतबार बाट सुरु हुँदैछ ।
अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सागको सम्पूर्ण तयारी सम्पन्न भईसकेको आयोजकले जनाएको छ ।
साग उद्घाटन समारोहलाई सहज बनाउन ट्राफिक प्रहरीले आज काठमाडौं उपत्यकाको चक्रपथभित्रका क्षेत्रमा बिजोर नम्बरका मात्र सवारी साधन गुड्न पाउने जनाएका छन ।
महाशाखाका अनुसार सरकारी, कूटनैतिक नियोग, अत्यावश्यक सेवाका साथै सञ्चारकर्मी र खेलसँग आबद्ध सवारीसाधनमा भने यो नियम लागू हुनेछैन ।
चक्रपथ बाहिर भने जोर –बिजोर प्रणाली लागु हुने छैन ।
Categorized in राष्ट्रिय