काठमाडौं । पार्किङमा राखेको गाडी अचानक गुड्दा काठमाडौं महानगरपालिका–९ तिलगंगा सत्यसाई प्यालेस अगाडि एक जनाको मृत्यु भएको छ ।
शनिवार बा.१ प १०१५ नम्बरको गाडीको शिशा पुछ्ने क्रममा सह–चालक भक्तपुर चाँगुनारायण नगरपालिका–४ घर भएका २५ वर्षीय अभिषेक तामाङको मृत्यु भएको हो ।
गाडीको शिशा पुछ्ने क्रममा अचानक गुड्दा पार्किङ गरी राखेको बा.१ प ७२३ नम्बरको गाडीमा ठक्किन पुग्दा गाडीले च्यापेर तामाङको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गाडीले च्यापिएर गम्भीर घाइते भएका तामाङको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो ।
Categorized in समाज