काठमाडौं । नेपाली बजारमा प्याज प्रतिकिलो दुई सय ५० पुगेको छ ।
कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार खुद्रा बजारमा प्याजको मुल्य प्रतिकिलो २५० पुगेको छ ।
समितिका अनुसार कालीमाटी तरकारी बजारमा अधिकतम २३० रुपियाँ प्रतिकिलो रहेको छ । सुकेको प्याज प्रतिकिलो २ सय पुगेको समितिले जनाएको छ ।
गत मंगलबार कालिमाटी बजारमा सुकेको प्याजको थोक मूल्य औषत १५२ रुपैयाँ प्रतिकिलो थियो । तर आज प्रतिकिलो ४८ रुपैयाँले बढेर दुई सय रुपैयाँ पुगेको हो ।
भारतबाट आयात रोकिएका कारण मूल्य आकासिएको कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उप निर्देशक विनय श्रेष्ठको भनाई छ ।
समितिका अनुसार पछिल्लो साता हरेक दिन प्याजको मूल्य प्रतिकिलो औसत १० रुपैयाँ हाराहारीले बृद्धि भइरहेको छ ।
Categorized in किनमेल