काठमाडौं । नवनियुक्त उद्योग राज्य मन्त्री मोतीलाल दुगडले घुस नखाने प्रतिवद्धता गरेका छन ।
राज्यमन्त्री दुगडले विहिवार पदभार ग्रहण गरेपछि दिएको मन्तव्यमा आफूले घुस नखाने कसम खाएका बताएका छन । उनले भने, ‘ म भगवानको स्मरण गर्दै भन्छु,‘भगवान कसम घुस खाँदिन ।’
जिम्मेवारी र भिजनका साथ आफू केही गर्न आएकोले देशलाई समृद्ध बनाउने अभियानमा लग्ने राज्यमन्त्री दुगडले भने ।
राज्यमन्त्री दुगडले भने, ‘हाम्रो देश आफैंमा सम्पन्न देश हो हामी हाम्रो मनोबल गिरेर कमजोर भैरहका छौं । हामी केही वर्षपछिनै अत्यन्त धनी देश बन्नु पर्नेछ । हामीसँग पूर्वाधारको कमी छैन । तर यसको उपयोग गर्न नसक्दा हामी पछि परेका छौं ।’
उद्योगी व्यवसायीलाई रेड कार्पेट ओछ्याएर लगानीको वातावरण बनाउनु पर्नेमा जोड दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १ नम्बरको मन्त्रालय बनाउनु पर्ने बताए ।
Categorized in बजार