२७ आश्विन २०८३, मंगलबार
Header

कालापानीबाट भारतीय सेना फिर्ता लैजान प्रम ओलीको आग्रह


प्रकाशित: आईतबार, १ मंसिर २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता लैजान भारत सरकारलाई आग्रह गरेको छ । 


प्रम ओलीले सार्वजनिक रुपमा पहिलो पल्ट भारत सररकालाई यो आग्रह गरेको कुरा आईतबार अनलाईनखवर डटकमले प्रकाशित गरेको छ । 


समाचार अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले एक इन्च नेपाली भूमि पनि मिच्न नदिने बताएका छन । भारतले जारी गरेको राजनीतिक नक्साको नेपालमा यतिखेर सर्वत्र विरोध छ । 


यस अघि प्रधानमन्त्री ओली नै बोलाएको सर्वदलीय बैठकले भारतसँग उच्चस्तरमा वार्ता गर्न आग्रह गरेको थियो तर प्रधानमन्त्री मौन बसेको पछिल्ला दिनहरुमा विपक्षी दलका नेताहरुले बताउँदै आएका थिए । 


यसैबिच आईतबार प्रम ओलीले युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै सरकार कसैलाई पनि हाम्रो एक इन्च पनि जमिन मिच्न दिँदैन, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजान आग्रह गरेका थिए । 


उनले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने भन्दै उत्श्रृंखल गतिविधि नगर्न समेत आग्रह गरे ।


प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताए ।
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
maharjan complex
Yogesh Khadgi KMC 27