११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा आर्थिक चलखेलको उजुरी बढ्यो


प्रकाशित: बुधवार, २७ कातिक २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको सम्पती पनि छानविन गरिने भएको छ । 


बैंकका सञ्चालकहरुले कर्जा लगानीमा व्यापक आर्थिक चलखेल गर्ने गरेको भन्दै उजुरी पर्न थालेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सो प्रक्रिया अघि बढाएको हो । 


कर्जा लगानी गर्नेलगायतका धेरै अधिकार बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)कै भएपनि ठूलो कर्जा लगानी गर्ने बेलामा बैंकका सीईओभन्दा सञ्चालकले धेरै भूमिका खेल्ने गरेको विभागमा परेको उजुरीमा उल्लेख भएको समाचार अनलाइनखवरडटकमा प्रकाशित छ । 


वाणिज्य बैंकहरुले १० करोड रुपैयाँभन्दा कम रकम कर्जा दिदा सीईओले कर्जा स्वीकृत गर्न सक्ने अधिकार हुन्छ भने त्यो भन्दा ठूलो रकम भएको अवस्थामा भने सीईओको सिफारिसमा सञ्चालक समितिले निर्णय गरेर मात्रै कर्जा दिनुपर्ने व्यवस्था छ ।


उजुरी परेपछि विभागले २ बैंकका ४ सञ्चालकमाथि छानबिन सुरु हुने बताएका छन । 


विभागका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा कर्जा लगानी गरेको दावी छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex