काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरमबाट को–को मन्त्री बन्दैछन भन्ने आज रातीसम्म टुंगो लाग्ने संभावना रहेको छ ।
सरकार र फोरमबिच संंविधानमा ससोधन गर्ने सहमति भएपछि फोरम सरकारमा जाने तयारीमा छ ।
स्रोतका अनुसार फोरम अध्यक्ष उपेन्द्र यादवले शहरी विकास मन्त्रालय सम्माहाल्ने तयारी गरेका छन् । अर्को मन्त्रालयको जिम्मेवारीमा फोरम उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र रेणु यादवबिच प्रतिस्पर्धा देखिएको छ ।
फोरमको भागमा दुई मन्त्रालय र एक राज्य मन्त्री परेको छ ।
Categorized in राष्ट्रिय